रास्वपाले अब घण्टी बजाउँदै भोट माग्न नपाउने, यस्तो छ आयोगको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अबदेखि आफ्नो चुनाव चिह्न ‘घण्टी’को भौतिक स्वरूप प्रयोग गर्दै भोट माग्न नपाउने भएको छ। आइतबार निर्वाचन आयोग ले प्रतिनिधि सभा निर्वाचनका लागि प्रचारप्रसार गर्दा निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नरनगराउन सबै दल तथा उम्मेदवारलाई निर्देशन दिएको हो। यसअघि रास्वपाका उम्मेदवारहरूले घरदैलो तथा सभाहरूमा घण्टी बजाउँदै मत माग्दै आएका थिए।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई का अनुसार कतिपय राजनीतिक दल वा उम्मेदवारले निर्वाचन चिह्नको भौतिक सामग्री साथमा बोकी प्रचार गर्दा जनसमुदायको समग्र शान्तिमा प्रतिकूल असर परेको भन्ने सूचना र गुनासाहरू आयोगमा प्राप्त भएका छन्। सोही आधारमा आयोगले यस्तो कार्य नगर्न आग्रह गरेको हो।

आयोगले प्रचारप्रसारलाई मर्यादित, व्यवस्थित र शान्तिपूर्ण बनाउन सबै राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता पालना गर्न पुनः सचेत गराएको छ। प्रतिनिधि सभा निर्वाचन यही फागुन २१ गते हुँदैछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।