आजको राशिफल
काठमाडौं । २०८२ फागुन ११ गते (२३ फेब्रुअरी २०२६) साेमवार, फाल्गुण शुक्लपक्ष षष्ठी तिथि, ९ः५२ बजेपछि सप्तमी। भरणी नक्षत्र, १७ः२४ बजेपछि कृत्तिका। चन्द्रराशि मेष।
मेषः
स्वादिष्ट भोजन खान पाईने तथा उपहार प्राप्तहुने योग रहेको छ । सकारात्मक ऊर्जाले परिपूर्ण रहनु हुनेछ । कृषि, भूमिसम्बन्धी एवं नगदे व्यवसायहरूमा लाभ हुनेछ । नयाँ योजना तथा व्यवसाय शुरु गर्ने समय रहेको देखिन्छ ।
वृषः
काम कारोवारी एवं व्यवसायीलाइ आजको दिन त्यति फलदायी हुनेछैन । शत्रुपक्ष वलवान हुनेछन् । कर्मयोगले नयाँ मोड लिनेछ । प्रविधि र सञ्चारको माध्यमबाट दैनिकी सहज हुनेछ ।
मिथुनः
काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । विद्यार्थी तथा व्यवसायीहरुका लागि दिन सफल रहला । व्यापार ब्यावसायबाट प्रसस्त आर्थिक लाभ प्राप्त हुनाले आर्थिक स्तरमा अपेक्षाकृत सुधार देखिन्छ । मिष्ठान्न भोजन तथा खानपिनमा ज्यादा मन जाने देखिन्छ ।
कर्कटः
विशेष कर्म प्राप्तिको योग रहेको छ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । भगवान प्रति भक्तिभाव बढ्नेछ । यात्रा हुनसक्ने दिन रहेको छ । शैक्षिक एवं व्यापारिक क्षेत्र सफल रहला ।
सिंहः
शैक्षिक कार्यमा अवरोध आउला । यात्राको सम्भावना छ । कृषिकार्यबाट सन्तोष हुनेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने र धार्मिक कार्यमा सहभागी भइनेछ । कुनै कार्यमा आज विशेष चुनौती समेत देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नु राम्रो पक्ष हुन आउने छ ।
कन्याः
अकस्मात धनहानीको योग छ । नोकरी तथा व्यापार व्यवसायमा समस्या आउने देखिन्छ । सञ्चित रकम खर्चनुपरे पनि पछि आउनसक्ने समस्या बेलैमा समाधान हुनेछ । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला ।
तुलाः
आज मान सम्मान मिल्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार प्राप्तीको योग छ । मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।
बृश्चिकः
शैक्षिक कार्य सफल हुनेछ । व्यापार व्यवसाय फस्टाउनेछ । विरोधिहरु किनारा लाग्नेछन् । कतैबाट नयाँ कामकोे प्रस्ताव आउन सक्नेछ । सोचेअनुरूप सबै कुरा मिल्दै जानेछ ।
धनुः
धनसम्पत्ती तथा पेय पदार्थको नोक्सानी हुने योग छ । पारिवार तथा सन्तान सुख कम हुनेछ । नयाँ सम्पर्कबाट लाभ मिल्नेछ । विवादास्पद कार्यको जिम्मेवारी आइपर्ला । सावधानीले मात्र कार्यसिद्धि हुनेछ ।
मकरः
शरीरमा आलस्यता उत्पन्न हुनेछ । व्यापार सन्तोषजनक हुने छैन । पढाइमा मन जानेछैन । कार्यक्षेत्रमा परिणामको चिन्ता नगरी कार्य गर्नुहोस् सफलता पाउनुहुनेछ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्नेछ ।
कुम्भः
रमाइलो यात्राको योग रहेको छ । नोकरी, व्यवसाय र अध्ययनको मार्ग शुभ रहेका छन् । अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका छ ।
मीनः
मानसिक तथा शारिरीक समस्या आउनेछ । अनावश्यकरुपमा नसोचेको काममा धनक्षय हुनेछ । बोली–व्यवहारमा अलि सजग रहनुपर्ला । वादविवादबाट जोगिने प्रयत्न गर्नु नै राम्रो पक्ष हुन आउनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

Comment