एमालेको चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली- राष्ट्रिय आकांक्षा हाम्रो गन्तव्य’ को मूल नारा र देश एमालेले बनाउँछ भन्ने अठोटसहित अध्यक्ष केपी शर्मा ओलीले एक समारोहबीच घोषणापत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्रले २५ हजार रुपैयाँसम्मको ऋण मिनाहा गर्ने समेटिएको छ । २०८२ भदौसम्म लिने २५ हजारसम्मको ऋण मिनाहा गर्ने घोषणा एमालेले घोषणापत्रमार्फत गरेको हो । राज्यद्वारा गरिब परिवारका रूपमा पहिचान भएका ऋणिको ऋण मिनाहा गर्ने घोषणा एमालेले गरेको छ ।

त्यस्तै घोषणापत्रमा युवालाई हरेक महिना १० जीबी इन्टरनेट डाटा निःशुल्कदेखि गरिब परिवारको २५ हजारसम्म ऋण मिनाहासम्मको विषय समेटिएको छ ।

यस्तै, युवा तथा उद्यमीलाई १० हजार डलर बराबरको बैंक कार्ड, वैदेशिक रोजगारी श्रमिकको खातामा ५ हजारसहित सामाजिक सुरक्षा, विद्यार्थीलाई २० लाख निर्ब्याजी ऋण, पारिश्रमिकसहित इन्टर्नशीप, किशोरीलाई निःशुल्क प्याड, १० कक्षासम्म दिवा खाजा श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजारसहित सामाजिक सुरक्षाको विषय समेटेको छ ।

त्यसैगरी, सुत्केरी हुने महिलालाई प्रतिजन्म २० हजार रुपैयाँ मातृ–शिशु पोषण भत्ता प्रदान गरिने एमालेले जनाएको छ । गर्भावस्था अघि र पछि स्वास्थ्य परीक्षणका लागि घरदेखि स्वास्थ्य संस्थासम्मको यातायात खर्च पनि दोब्बर गरिने प्रतिबद्धता गरिएको छ ।

यसका साथै गर्भवती महिलाको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न ५ लाख रुपैयाँसम्मको जीवन बीमा निःशुल्क गरिने घोषणा गरिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।