काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ‘वाचापत्र’ सार्वजनिक गरेको छ ।
बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित चुनावी सभामाझ पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन साह, उपसभापतिद्वय डिपी अर्याल, स्वणिम वाग्लेलगायत नेताहरूले सार्वजनिक गरेका हुन्।
थिति बसाल्ने सङ्कल्प’ नारासहित बिहीबार सर्खेतबाट सार्वजनिक गरिएको बाचापत्रमा शासकीय सुधार, भ्रष्टाचार नियन्त्रण, डिजिटल सुशासन र चुस्त सेवा प्रवाहलाई मुख्य प्राथमिकता दिइएको छ।
बाचापत्रमार्फत रास्वपाले सार्वजनिक सेवा लिन जनताले लाइन बस्नुपर्ने बाध्यता हटाई ‘लाइन होइन, अनलाइन’ प्रणाली लागू गर्ने, सरकारी कार्यालयमा बिचौलियाको अन्त्य गर्ने र राष्ट्रिय परिचयपत्रलाई एकीकृत सेवाको आधार बनाउने प्रतिबद्धता जनाएको छ।
रास्वपाले यसअघि आफ्नो पार्टीको प्राथमिकता, अहिलेको अवस्था र लक्ष्यसहितका बुँदा पेश गर्दै करार पत्र सार्वजनिक गरेको थियो। करार पत्रमा दलीयकरणको अन्त्य, २०४६ देखिकै सम्पत्ति छानबिन गर्न उच्च आयोग गठनलगायतका विषय समेटिएको छ।
पूर्णपाठ हेर्न यहाँ हेर्नुहोला ।

Comment