माछापुच्छ्रे बैंकले पायो अग्राधिकार सेयर निष्कासन अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । माछापुच्छ्रे बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्काशन गर्ने अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बैंकलाई ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्न अनुमति दिएको हो ।

बोर्डले बैंकलाई १०० रुपैयाँ अंकित दरले कुल ३ करोड कित्ता अग्राधिकार सेयर निष्कासन गर्न अनुमति दिएको हो ।

अब बैंकले ८.२५ प्रतिशत लाभांश दर भएको अग्राधिकार सेयर निष्काशन गर्नेछ जुन सेयर परिपत्र विधिबाट बिक्री गरिने जनाइएको छ ।

उक्त सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।