काठमाडौं । बनेपास्थित अरनिको राजमार्गमा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
दूरसञ्चार कार्यालय नजिकै बुधबार बिहान भएको दुर्घटनामा स्कुटर चालकको ज्यान गएको हो भने एक जना घाइते भएका छन्। बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२-०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
घटनापछि क्षेत्र तनावग्रस्त बनेको छ। आक्रोशित स्थानीयले ठक्कर दिने टिपरमा आगजनी गरेका छन् भने प्रदर्शन जारी छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।
हाल अरनिको राजमार्ग अवरुद्ध रहेको छ र सो क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ।

Comment