रास्वपा मधेश प्रदेशकी संस्थापक सभापतिले छोडिन् पार्टी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी परित्याग गरेकी छन्।

हाल पार्टीको केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्यसमेत रहेकी शर्माले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जानकारी दिएकी छन्।

विज्ञप्ति जारी गर्दै उनले पार्टीभित्र इमानदार व्यक्तिहरूको मूल्यांकन नभएको र आर्थिक अनियमितता भएको आरोप लगाएकी छन्। उनका अनुसार आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रभावित भएको भन्दै आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यमा आँच आएको उल्लेख गरेकी छन्।

उनले भनिन्,
“आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मूल्यहरू माथि आँच आउने परिस्थिति बनेको छ। यी सबै क्रियाकलापहरूको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु। त्यसकारण आजकै मितिदेखि लागू हुने गरी म यस पार्टीको साधारण सदस्य समेत नरहने गरी आफ्नो राजीनामा पेश गर्दछु।”

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।