यस्तो छ स्कटल्याण्डविरुद्ध मैदान उत्रने नेपाली टोली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । टी–२० विश्वकप अन्तर्गत समूह ‘सी’ को अन्तिम खेलमा आज नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। खेल भारतको वानखेडे स्टेडियम मा केही बेरमा सुरु हुँदैछ।

निर्णायक मानिएको यस खेलका लागि नेपालले आफ्नो ११ सदस्यीय टोली सार्वजनिक गरेको छ। टोलीको ब्याटिङको जिम्मेवारी कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, ओपनर आसिफ शेख र कुशल भुर्तेलको काँधमा रहनेछ।

मध्यक्रमलाई सन्तुलित बनाउन आरिफ शेख, सन्दीप जोरा र विस्फोटक ब्याटर लोकेश बमलाई समावेश गरिएको छ। यी खेलाडीबाट टोलीले तीव्र रन र स्थिर साझेदारीको अपेक्षा गरेको छ।

बलिङ आक्रमणको नेतृत्व अनुभवी तीव्र गतिका बलर सोमपाल कामी र स्पिनर सन्दीप लामिछानेले गर्नेछन्। उनीहरूलाई नन्दन यादव र युवा अलराउन्डर गुलशन झाले साथ दिनेछन्, जसले डेथ ओभरमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ।

स्कटल्याण्डविरुद्धको भिडन्तमा कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका छन्। सुरुआती ओभरमै दबाब सिर्जना गर्दै लक्ष्य पछ्याउने रणनीतिसहित नेपाल मैदान उत्रिएको छ।

स्कटल्याण्डविरुद्ध नेपालको प्लेइङ–११:
रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), आसिफ शेख, कुशल भुर्तेल, आरिफ शेख, सन्दीप जोरा, लोकेश बम, सोमपाल कामी, सन्दीप लामिछाने, नन्दन यादव, गुलशन झा।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।