फिल्म ‘लालिमा’को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। फागुन २९ गतेबाट प्रदर्शनमा आउने नेपाली फिल्म ‘लालिमा’को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक भएको छ।

गीतमा गायिका प्रीति कौरले आफ्नो स्वर दिएका छन्। गीतका शब्द रोशन मिराज, केएम जोशी र प्रीति कौरका हुन् भने संगीत, एरेन्ज, मिक्सिङ र मास्टरिङ केएम जोशीले गरेका छन्।

सार्वजनिक भिडिओमा प्रमुख कलाकार रोशनी कार्की र जीवन भट्टराई फिचर्ड छन्। अन्य कलाकारहरूमा उषा रजक, शिशिर वाङ्देल र सुष्मा निरौला पनि छन्। भिडिओमार्फत निर्माण पक्षले फिल्मको कथासँग परिचय गराउन खोजेको छ।

भिडिओमा रोशनी र जीवनबीचको द्वन्द्व-रोमान्स देखिन्छ। रोशनीको चरित्र यौन व्यवसायसँग जोडिएको र मानसिक रूपमा विक्षिप्त रहेको दृश्य पनि समावेश गरिएको छ।

फिल्म रोशन मिराजको लेखन तथा निर्देशनमा बनेको हो। यसमा शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक र सुष्मा निरौलाले अभिनय गरेका छन्। कार्यकारी निर्माता रीना लामा हुन् भने फिल्म वितरण नेसनल सिने ग्रुप नेपालले गर्नेछ।

प्रतिनिधि सभा निर्वाचनपछि पहिलो प्रदर्शन हुने फिल्म ‘लालिमा’ फागुन २९ बाट सिनेमा हलमा लाग्ने नेपाली फिल्ममध्येको एकमात्र प्रमुख प्रदर्शन हुने फिल्म बनेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।