तीन वाणिज्य बैंकमाथि राष्ट्र बैंकको एक्सन, कुन बैंकलाई कस्तो कारबाही ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२-८३ को दोस्रो त्रैमासमा राष्ट्र बैंकले ३ वटा वाणिज्य बैंकहरूलाई कारबाही गरेको छ । केन्द्रिय बैंकले एनआइसी एशिया बैंक, ग्लोबल आइएई बैंक र नेपाल इन्भेष्टमेन्ट मेघा बैकलाई कारबाही गरेको हो ।

एन आई सी एशिया बैंकले राष्ट्र बैंकले जारी गरिएको लिखित आदेशको पालना नगरेको र राष्ट्र बैंकको निर्देशन बारम्बार उल्लंघन गरि वित्तीय विवरण प्रकाशन गरेको उल्लेख गरेको छ ।

बैंकका तत्कालीन सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवाल र तत्कालीन प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोश्रो संशोधन २०७३ सहित) को दफा १०० उपदफा २(ग) बमोजिम दुई÷दुई लाख नगद जरिवाना गराइएको जनाइएको छ ।

यस्तै ग्लोबल आइएमई बैंक लिमिटेडको स्थलगत निरीक्षण प्रतिवेदन, २०८२ को आधारमा देहायको कैफियत देखिएकोले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन बमोजिम सचेत गराइएको जनाएको छ । यसका साथै पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र कर्जाको पुनरतालिकीकरण र पुनरसंरचना सम्बन्धी व्यवस्था पूर्ण रुपमा पालना नगरेकोले कारबाही गरिएको केन्द्य्रिय बैंकले जनाएको छ । सफ्टवेयरमा चुक्ता भइसकेको कर्जालाई पुरानै भ्यालु डेट राखीएको राष्ट्र बैंकको दाबी छ ।

यसैगरि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकबाट जारी गरिएको इ.प्रा. निर्देशन पालना नगरेको केन्द्रिय बैंकले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।