जीवन बीमकको व्यापार ८२ अर्ब ४ करोड माथि, कुनको बजार हिस्सा कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरूले कुल ९३ अर्ब १८ करोड रुपैयाँभन्दा बढी खुद बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको सोही अवधिमा ८२ अर्ब ४ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन भएको थियो। यस आधारमा कम्पनीहरूको खुद व्यापार १३.५७ प्रतिशतले वृद्धि भएको देखिन्छ।

यस अवधिमा सबैभन्दा बढी खुद बीमाशुल्क संकलन गर्ने कम्पनीका रूपमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ। कम्पनीले २५ अर्ब ५३ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतले बढी हो।

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी ले १० अर्ब ७३ करोड रुपैयाँ (१३ प्रतिशत वृद्धि) र एलआइसी नेपाल ले १० अर्ब १८ करोड रुपैयाँ (८ प्रतिशत वृद्धि) खुद बीमाशुल्क संकलन गरेका छन्।

हिमालयन लाइफ इन्स्योरेन्स ले ८ अर्ब ४० करोड रुपैयाँ (४ प्रतिशत वृद्धि) तथा राष्ट्रिय जीवन बीमा कम्पनी ले ६ अर्ब २४ करोड रुपैयाँ (८ प्रतिशत वृद्धि) खुद बीमाशुल्क संकलन गरेका छन्।

यसैगरी, सूर्यज्योति लाइफ इन्स्योरेन्स ले ५ अर्ब ७१ करोड रुपैयाँ (१४ प्रतिशत वृद्धि), एशियन लाइफ इन्स्योरेन्स ले ४ अर्ब ६४ करोड रुपैयाँ (११ प्रतिशत वृद्धि) र सिटिजन लाइफ इन्स्योरेन्स ले ३ अर्ब ८८ करोड रुपैयाँ (२२ प्रतिशत वृद्धि) खुद बीमाशुल्क संकलन गरेका छन्।

त्यसैगरी, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स ले ३ अर्ब ५५ करोड रुपैयाँ (१४ प्रतिशत वृद्धि), आइएमई लाइफ इन्स्योरेन्स ले ३ अर्ब १९ करोड रुपैयाँ र मेट लाइफ ले ३ अर्ब १० करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेका छन्।

त्यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ले २ अर्ब ९३ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स ले २ अर्ब ७७ करोड रुपैयाँ तथा सन नेपाल लाइफ इन्स्योरेन्स ले २ अर्ब २६ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।