एसियन फर्मास्युटिकल्सले एकै वर्ष गर्‍यो सवा २ अर्ब रुपैयाँको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एसियन फर्मास्युटिकल्सले एकै वर्ष सवा २ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब २६ करोड ३० लाख रुपैयाँको कारोबार गरेको हो ।

कम्पनीले सन् २०२४ मा २ अर्ब १ करोड ७० लाख रुपैयाँ, सन् २०२३ मा १ अर्ब ८८ करोड ४० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब ६७ करोड रुपैयाँ र सन् २०२१ मा १ अर्ब ३५ करोड रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीको व्यापार गत आवमा १२ प्रतिशतले बढेको छ, जसमा कम्पनीको सञ्चालन नाफा १६ प्रतिशत रहेको छ ।

सन् १९९७ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका औषधि उत्पादन गरी नेपाली बजारमा बिक्री-वितरण गर्दै आएको छ । कम्पनीले विशेषगरी एन्टिबायोटिक, ग्यास्ट्रोइन्टेस्टाइनल सिस्टमसम्बन्धी, अर्थोसम्बन्धी, पेनकिलर, आस्थामा (दम) सम्बन्धी, एन्टि-एलर्जिक र भिटामिन लगायत अन्य विभिन्न प्रकारका औषधि उत्पादन गर्दै आएको छ ।

हुतनन्दा खनाल अध्यक्ष रहेको कम्पनीमा शंकर घिमिरे कार्यकारी निर्देशक छन् । खगीसारा घिमिरेको कम्पनीमा सबैभन्दा बढी सेयर छ । उनको १०.३ प्रतिशत स्वामित्व छ भने बाँकी सेयर २१ जनासँग रहेको रेटिङमा उल्लेख गरिएको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ८६ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ७ करोड ५ लाख रुपैयाँको रेटिङ गराएको छ भने अल्पकालीन कर्जाका लागि ७९ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।