२० निर्माण कम्पनी कालोसूचीमा (नामावलीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २० निर्माण कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखेको छ।

कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालोसूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको छ ।

जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ । ती निर्माण कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

सार्वजनिक सूचना अनुसार काठमाडौंको पिएनडि शेर्पा कन्स्ट्रक्सन, पवित्र मल्टिपल कन्स्ट्रक्सन, भक्तपुरको ओम गणेश निर्माण सेवा, काठमाडौंको च्यांगरासी निर्माण सेवा, धादिंगको डीपी कँडेल निर्माण सेवा र पृथ्वी निर्माण सेवा, काठमाडौंको हिमदुंग एण्ड थोकर, हिरा एण्ड नमिता जेभी, हिमदुँग एण्ड थोकर कन्स्ट्रक्सन, धादिंगको पूजा कन्स्ट्रक्सन, चितवनको चिता एण्ड सल्लेरी एसोसिएसन, नुवाकोटको सियोन निर्माण सेवालगायतका कम्पनीहरुलाई सरकारले एक वर्षको लागि कालोसूचीमा राखेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।