नेपाल पुनर्बिमा कम्पनीको अध्यक्ष लम्सालले लिए शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको संचालक समितिका अध्यक्ष अमृत लम्साललाई शपथ गराएकी छन् ।

नेपाल सरकारले भन्सार विभागका उपमहानिर्देशक रहेका लम्साललाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको संचालक समितिको अध्यक्ष तोकेको हो ।

बिहीबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथका क्रममा नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र नेपाल पुनर्बिमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लगायत पदाधिकारीहरू उपस्थित थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।