आइएमई ग्रुपमा कतारको व्यवसायिक प्रतिनिधिमण्डल, व्यापार र लगानी सहकार्यमा संवाद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल भ्रमणमा रहेका कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एमए अलोबैद्लीको नेतृत्वमा आएको एक प्रतिनिधिमण्डले आइएमई ग्रुपमा पुगेकाे छ । उक्त टोलिलाइई आइएमई ग्रुपले स्वागत गर्दै नेपाल–कतारबीचको द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल गरेको छ।

उक्त प्रतिनिधिमण्डसँग आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्रुपको समग्र पोर्टफोलियो तथा लगानी विस्तारका विषयमा जानकारी दिएका छन् । अध्यक्षा ढकालले रेमिटेन्स, बैंकिङ, बिमा, सूचना प्रविधि, ऊर्जा, पर्यटन तथा हस्पिटालिटी, उद्योग, व्यापार, अटोमोटिभ, खेलकुद र शिक्षा लगायतका विविध क्षेत्रहरूमा आइएमई ग्रुपले गरिरहेको लगानी विस्तार, उपलब्ध सेवा तथा सहकार्यका अवसरबारे जानकारी दिए ।

उनले नेपालमा लगानी विस्तार गर्दा छिमेकी चीन, भारत र बंगलादेशजस्ता ठूला बजारसम्म सहज पहुँच हुने भएकाले नेपालमा उल्लेखनीय लगानी सम्भावना रहेकोतर्फ पनि उहाँले प्रतिनिधिमण्डलको ध्यानाकर्षण गराए ।

नेपाल भ्रमणका क्रममा प्रतिनिधिमण्डलले सरकार तथा निजी क्षेत्रका विभिन्न निकायहरूसँग दुई देशबीचको आर्थिक सम्बन्ध, बैंकिङ तथा लगानी प्रवर्द्धन, साथै द्विपक्षीय लगानी र सहकार्यका विषयमा छलफल गरिरहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।