सेयर बजार परिसुचकमा दोहोरो अंकको गिरावट, ८ अर्ब ६१ करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लगातार तेस्रो कारोबार दिन पनि सेयर बजारमा गिरावट भएको छ । साताको दोस्रो कारोबार दिन सेयर बजार परिसूचक नेप्से १०.२५ अंक (०.३८ प्रतिशत) ले गिरावट हुँदा २६६२.१४ को बिन्दुमा बन्द भएको छ ।

आइतबार २६.०५ अंकले गिरावट भएको बजार परिसूचक नेप्से गत बिहिबार १०.२४ अंकले गिरावट भएको थियो । सोमबार व्यापार र म्युचुअल फण्ड समूहको सूचक मात्रै वृद्धि हुँदा अरु सबै समूहको सूचक घटेका छन् । विकास बैंक समूहको सूचक सर्वाधिक १.१५ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी समूहको सूचक ०.९२ प्रतिशत र जीवन बिमा समूहको सूचक ०.७६ प्रतिशतले गिरावट भएको छ ।

त्यस्तै व्यापार समूहको सूचक ०.५२ प्रतिशत र म्युचुअल फण्ड समूहको सूचक ०.१९ प्रतिशतले वृद्धि भएको छ ।
सोमबार बजार परिसूचकसँगै कारोबार रकममा पनि गिरावट भएको छ ।

आइतबार साढे १० अर्ब रुपैयाँ माथिको कारोबार भएको बजारमा सोमबार भने कारोबार घटेर ८ अर्ब ६१ करोड ६४ लाख रुपैयाँमा सिमित भएको छ ।

सोमबार ८९ हजार ८३६ वटा कारोबारमा २ करोड १७ लाख १५ हजार ८६८ कित्ता सूचिकृत धितोपत्र खरिद हुँदा उक्त रकमको कारोबार भएको हो । सोमबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ४५ करोड २८ लाख रुपैयाँको कारोबार हुँदा आँखु खोला जलविद्युत कम्पनीको ४० रोड ७९ लाख रुपैयाँको कारोबार भएको छ ।

रिडी हाइड्रोपावर कम्पनीको ३८ करोड ८६ लाख रुपैयाँ र युनियन हाइड्रोपावरको ३२ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार कुल २६० सुचिकृत कम्पनीको सेयर कारोबार हुँदा १७९ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै ७४ कम्पनीको सेयरमूल्य बढेको छ भने ७ कम्पनीको मूल्य स्थिर छ ।

सोमबार कालिञ्चोक दर्शन लिमिटेडको सेयरमूल्य सर्वाधिक ६.३६ प्रतिशतले वृद्धि हुँदा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य ५.१८ प्रतिशतले बढेको छ ।

आरबीबी फोकस ४० को इकाइमूल्य ४ प्रतिशतले वृद्धि हुँदा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ३.९९ प्रतिशतले बढेको छ ।

यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ५.२४ प्रतिशतले गिरावट हुँदा माइखोला हाइड्रोपावरको सेयरमूल्य ४.६३ प्रतिशत र घलेम्दी हाइड्रोको सेयरमूल्य ४.२८ प्रतिशतले गिरावट भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।