भुजुङ हाइड्रोपावरको आईपीओ बाँडफाँट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भुजुङ हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ। आज मंगलबार कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँट भएको हो।

कम्पनीले माघ १२ गते सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले ८ लाख ३० हजार कित्ता सेयर निष्कासन गरेको थियो। जसमा २५ लाख ७९ हजार ९२० जनाले आवेदन दिएका थिए । स्वीकृत भएका २५ लाख ३९ हजार ८९२ आवेदन मध्ये ८३ हजार आवेदकले १० कित्ताका दरले आईपीओ प्राप्त गरेका छन् । अन्य २४ लाख ५६ हजार भन्दा बढी आवेदकको भने हात खाली भएको छ ।

कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट विवरणपत्र स्वीकृत गराएको थियो ।

जसमध्ये पहिलो चरणमा १० करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १० लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र १ लाख कित्ता साधारण सेयर पनि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूका लागि निष्कासन गरी दोस्रो चरणमा माघ १२ गतेदेखि ८ लाख ३० हजार कित्ता साधारण सेयर सर्वसाधारणको लागि निष्कासन गरेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।