गण्डकी । विश्वप्रसिद्ध पदयात्रा गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्ला २५ वर्षमा २६ लाख ३२ हजार ४ विदेशी पर्यटक भित्रिएका छन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार सन् २००१ मा ६५ हजार ३१३ पर्यटक आएकोमा सन् २०२५ मा हालसम्मकै उच्च दुई लाख ९९ हजार ८३१ पर्यटक आगमन भएको छ। सबैभन्दा कम सन् २०२१ मा १६ हजार १०५ पर्यटक मात्रै आएका थिए, जुन कोभिड–१९ महामारीका कारण हो।
एक्यापका प्रमुख डा. रबिन कडरियाका अनुसार सन् २०२५ मा पर्यटक आगमनले नयाँ रेकर्ड कायम गरेको छ। “पदयात्रा, धार्मिक तथा साहसिक पर्यटनका लागि अन्नपूर्ण क्षेत्रप्रतिको आकर्षण बढ्दो छ,” उनले बताए।
अन्नपूर्ण चक्रिय पदमार्ग, अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, मुक्तिनाथ र उपल्लो मुस्ताङजस्ता गन्तव्यका कारण अन्नपूर्ण क्षेत्र विदेशी पर्यटकको प्रमुख रोजाइमा पर्दै आएको छ।

Comment