बालेनको घरबाट चोरी गर्ने चोर रविसँगै कारागारबाट भागेका कैदी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को घरमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं–१६ बालाजुका ४२ वर्षीय विष्णुबहादुर राजवाहक, सिन्धुपाल्चोकको लिसंखुपाखर–६ का ४६ वर्षीय खिमबहादुर खड्का र डोटीको दिपायल सिलगडी नगरपालिका–६ का ४५ वर्षीय सञ्जय श्रेष्ठ रहेका छन् ।

उनीहरूलाई शुक्रबार र शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका मनिष राजवाहकले बालेनको घरमा चोरी गरेको स्वीकार गरेका छन्।\

पक्राउ पर्नेमध्ये एक जना भदौ २४ गते जेनजी आन्दोलन क्रममा नख्खु कारागारबाट भागेका थिए। उनी यो चोरीका मुख्य व्यक्ति समेत भएको प्रहरीले जनाएको छ। नख्खु कारागारबाट भागेपछि उनी पाँच वटा चोरीमा संलग्न रहेको देखिएको प्रहरीले जनाएकाे छ । उनीहरू रास्वपा अध्यक्ष रवि लामिछानेसँगै कारागारबाट भागेका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।