न्याय नपाए गोरखा जानु भन्थे, अब विकास हेर्न गुण्डु आउनु : सचिव बस्नेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले विकासका काम हेर्न भक्तपुरको गुण्डु आउन सबैलाई आग्रह गरेका छन्।

आइतबार नेकपा (एमाले) भक्तपुर निर्वाचन क्षेत्र नं. २ निर्वाचन परिचालन कमिटीअन्तर्गत सूर्यविनायक नगरपालिका–७, गुण्डुमा स्थापना गरिएको सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै सचिव बस्नेतले यस्तो बताएका हुन्।

उनले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गुण्डुमा बस्न थालेपछि सो क्षेत्र देशभित्र मात्र नभई अन्तर्राष्ट्रियस्तरमै चर्चामा आएको दाबी गर्दै त्यसप्रति गर्व महसुस गरेको बताए।

सचिव बस्नेतले ऐतिहासिक प्रसंग स्मरण गर्दै भने, “राम शाहको पालामा न्याय नपाए गोरखा जानु भनिन्थ्यो, आज विकास हेर्न गुण्डु आउनु भन्ने अवस्था बनेको छ।”

कार्यक्रममा बोल्दै उनले ‘जेनजी आन्दोलन’ नियोजित भएको आरोप लगाउँदै त्यसबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरे। भ्रष्टाचारसम्बन्धी आफूविरुद्ध लागेका आरोपहरूबारे जुनसुकै किसिमको छानबिनका लागि तयार रहेको उनले स्पष्ट पारे।

साथै सचिव बस्नेतले जेनजी आन्दोलन नेपाल मात्र नभई विभिन्न देशहरूमा सत्ता परिवर्तनको उद्देश्यसहित सुनियोजित रूपमा अगाडि बढाइएको आरोप समेत लगाए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।