काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले छैटौं इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ एन्ड अवाड्र्स २०२५ मा ‘बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स कभरेज फर द इयरको अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ। थाइल्यान्डको बैंककमा सम्पन्न उक्त कार्यक्रम इन्डियन चेम्बर अफ कमर्स (आइसिसीद्वारा आयोजना गरिएको हो।
जसमा एसियाका उदाउँदा बिमा बजारहरूमा नवीनता, रणनीतिक प्रभाव, बिमा पहुँच विस्तार तथा ग्राहक केन्द्रित पहलहरूलाई मूल्यांकन गरी प्रदान गरिने एक प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड हो।
यस विधामा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको छनोट हुनु कम्पनीले अवलम्बन गरेको दीर्घकालीन, समावेशी र व्यावहारिक बिमा रणनीतिहरूको स्पष्ट प्रतिबिम्ब हो।
अवार्ड ग्रहण गर्दै कम्पनीका अध्यक्ष रतनलाल केडियाले अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्नु कम्पनीको लागि गौरवको विषय रहेको र यो अवार्ड कम्पनीको रणनीतिक सोच, टिमको समर्पण र ग्राहक केन्द्रित दृष्टिकोणको मान्यता रहेको बताए।

Comment