बेनिशा र नरेन अभिनित ‘बिगुल’ले भुइँमान्छेको कथा भन्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली फिल्म ‘बिगुल’ आगामी फागुन १ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत निर्माण पक्षले यसबारे जानकारी दिएको हो।

नेपाल जेसिसले फिल्मलाई सहयोग गर्ने भएको छ, जसका लागि निर्माता दिनेश कोइराला र जेसिस अध्यक्ष जीवन कार्कीबीच सम्झौता सम्पन्न भएको छ। ‘बिगुल’ भुइँमान्छे, युवा, महिला र दबिएका आवाजको कथा बोकेको सामाजिक–राजनीतिक फिल्म भएको निर्देशक कोइरालाले बताए।

फिल्ममा बेनीशा हमाल, नरेन खड्का, नीर शाहलगायत कलाकारको अभिनय छ। म्याग्नेलिया ग्रुपको ब्यानरमा बनेको फिल्मलाई राजधानीमा काफिया फिल्म्स र मोफसलमा ब्याङ्केट्स इन्टरटेन्मेन्टले वितरण गर्नेछन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।