काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशको हिमाली तथा उच्च पहाडी क्षेत्रमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा हुस्सुरकुहिरो रहनेछ। कोशी र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति तराई भूभागका थोरै स्थानमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

Comment