मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्।

नेपाल प्रहरीले उनलाई चोभर क्षेत्रबाट पक्राउ गरेको हो। शान्ति सुरक्षामाथि खलल पुर्‍याएको भन्दै उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।

यसअघि प्रहरीले प्रसाईंलाई माघ ५ गते पोखराबाट पक्राउ गरेको थियो। पक्राउ गरी उनलाई काठमाडौं ल्याइएको थियो भने माघ ६ गते हाजिर जमानीमा रिहा भएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।