सहकारी ठगी प्रकरणः रवि र छविको मुद्दामा थप मिसिल झिकाउन उच्चको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालतले थप मिसिल झिकाउन आदेश दिएको छ। उच्च अदालत तुलसीपुर बुटवल इजलासमा बिहीबार भएको इजलासले ‘थप प्रमाण भन्दै’ मिसिल झिकाउन आदेश दिएको हो।

सहकारी ठगी प्रकरणमा थुनामा रहेका रास्वपा सभापति लामिछाने र गोर्खा मिडियामा रहँदा उनका व्यवसायिक साझेदार पूर्व डिआइजी छविलाल जोशीले उच्च अदालतमा बिगोवापतको रकम तिरेर थुनाबाहिरै बसेर पुर्पक्ष गर्न पाउनुपर्ने माग सहित निवेदन दिएका थिए।

उक्त निवदेनमाथि बिहीबार उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय ओमप्रसाद अर्याल र बासुदेव आचार्यको संयुक्त इजलासमा परेको थियो।

यसअघि कात्तिक २० गते पनि दुवै जनाको निवेदन सुनुवाइ भएको थियो। त्यो बेला पनि ‘सुरु मिसिल मगाउने’ आदेश भएको थियो। अहिले फेरि थप प्रमाण पनि चाहिने भन्दै अन्य मिसिल झिकाउन आदेश भएको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।