खरानीबाट उठ्दै भाटभटेनी, कोटेश्वरको सुपरमार्केट शनिबारदेखि पूर्ण रुपमा सञ्चालनमा आउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगलागी तथा तोडफोडबाट क्षतिग्रस्त भएका भाटभटेनीका ११ स्टोरमध्ये काटेश्वरको स्टोर पुनः सञ्चालनमा आएको छ ।

जेनजी आन्दोलनका क्रममा पूर्ण रुपमा जदेर खरानीमा परिणत भएको कोटेश्वर भाटभटेनी माघ २४ गते शनिबारदेखि पुर्ववत अवस्थामा सञ्चालनमा आउन लागेको भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले जानकारी दिए ।

“भाट–भटेनी सुपरमार्केटले हालै सम्पन्न जेनजी आन्दोलनका क्रममा आगलागीबाट क्षतिग्रस्त भएका आफ्ना स्टोरहरूमध्ये पहिलो चरणमा कोटेश्वर सुपर स्टोर पुनः सञ्चालनमा ल्याएको घोषणा गर्न पाउँदा भाटभटेनी खुशी व्यक्त गर्दछ,” पौडेलले भने ।

माघ २४ गते शनिबार बिहान १० बजेदेखि कोटेश्वरस्थित भाट–भटेनी सुपर स्टोर पुनः सञ्चालनमा आउन लागेको बताएका उनले पुनः सञ्चालनले भाट–भटेनीको पुनर्निर्माण, सेवाप्रति प्रतिबद्धता र समुदायप्रतिको उत्तरदायित्वलाई स्पष्ट रूपमा प्रतिबिम्बित गर्ने बताएका छन् ।

“हालैको घटनाबाट प्रभावित भए तापनि, भाट–भटेनी सुपरमार्केटले आफ्ना कर्मचारी, ग्राहक तथा सरोकारवालाहरूको सहयोग र विश्वासका कारण छिटो पुनःउत्थानको मार्गमा अघि बढ्न सफल भएको छ । कोटेश्वर स्टोरको पुनः सञ्चालनसँगै बाँकी स्टोरहरू पनि चरणबद्ध रूपमा सञ्चालनमा ल्याइनेछ,” पौडेलले भने ।

भाट–भटेनी सुपरमार्केटले कठिन समयमा साथ, सहयोग र धैर्यताका लागि सम्पूर्ण ग्राहकवर्ग, स्थानीय समुदाय, सुरक्षा निकाय तथा सरोकारवालाहरूलाई धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि सुपरमार्केटले गुणस्तरीय सेवा, उचित मूल्य र ग्राहक सन्तुष्टिलाई केन्द्रमा राख्दै निरन्तर सेवा प्रदान गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।