पोखरा । रोयल इन्फिल्डले आफ्नो लोकप्रिय स्ट्रिट रोड्स्टर हन्टर ३५० पोखरामा लन्च गर्दै गण्डकी प्रदेशका ग्राहकका लागि आधिकारिक रूपमा उपलब्ध गराएको छ। काठमाडौंमा सफल लन्चपछि कम्पनीले पोखरास्थित शोरुममार्फत टेस्ट–राइड र बुकिङ कार्यक्रम सुरु गरेको हो।
विश्वका शहरी जीवनशैलीबाट प्रेरित रङ, सुधारिएको सस्पेन्सन र सहज एर्गोनोमिक डिजाइनसहितको बीएस भीआई हन्टर ३५०, २०२६ एडिसन पोखराका शहरी तथा पहाडी सडक दुवैका लागि उपयुक्त हुने कम्पनीको दाबी छ।
मोटरसाइकलमा स्लीप असिस्ट क्लच, १६० एमएम ग्राउण्ड क्लियरेन्स, ड्युल च्यानल एबीएस, एलइडी हेडल्याम्प, सुधारिएको सीट र ट्रिप नाभिगेटर जस्ता सुविधा समावेश छन्। यसमा प्रयोग गरिएको ३४९ सीसी जे(सिरिज इन्जिन ले दैनिक सवारीमा चुस्ती र आरामदायी अनुभव दिने बताइएको छ। सन् २०२२ देखि हालसम्म विश्वभर ७ लाखभन्दा बढी राइडरले यो मोडेल रोजिसकेका छन्।
रोयल इन्फिल्डका निर्देशक मेघ राज पौडेलले भने, पोखरा जस्तो पर्यटन र एड्भेन्चरले भरिएको सहरका लागि हन्टर ३५० अत्यन्त उपयुक्त मोडेल हो। यहाँको शहरी जीवनशैली र पहाडी सडक दुवैमा सहज र रमाइलो राइडिङ अनुभव दिने विश्वास लिएका छौँ। गण्डकी प्रदेशका राइडरहरूसँग अझ नजिकिन पाउँदा हामी उत्साहित छौँ।
ड्युल टोन हन्टर ३५० को मूल्य ४लाख ९९ हजार ९०० र सिङ्गल टोन हन्टर ३५० को मूल्य ४ लाख ९४ हजार ९०० रूपैयाँ रहेके छ। पोखरा स्थित रोयल इन्फिल्ड शोरुममा टेस्ट–राइड तथा तत्काल डेलिभरी उपलब्ध रहेको कम्पनीले जनाएके छ।

Comment