निधारमा ताकेर गोली ठोक्नेविरुद्ध क्रान्तिको घण्टी बजिसक्यो, अन्तिम पर्दा उठ्न बाँकी छ : रवि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निधारमा ताकेर गोली ठोक्ने विरुद्ध क्रान्तिको घण्टी बजिसकेको बताएका छन्।

मंगलबार फेसबुकमा लामो स्टाटस राख्दै लामिछानेले अब त्यसका लागि अन्तिम पर्दा उत्रन मात्रै बाँकी रहेको दावी गरे।

उनले लेखेका छन्, ‘यस देशका सन्ततिको सुनौलो भाग्य मेट्ने र भाग्य लेखिएको त्यही निधारमा ताकेर गोली ठोक्नेविरुद्ध क्रान्तिको घण्टी बजिसकेको छ, अब अन्तिम पर्दा उठ्न बाँकी छ, त्यो पर्दा हामी मिलेर उठाउनेछौँ।’

उक्त स्टाटसमा उनले थप लेखेका छन्, ‘आआफ्नो राजनीतिक दोकान र सटर रंग्याउने छुट सबैलाई छ तर यो देश कुनै अमुक नेताले होइन जनताले जोगाएका हुन्। तिनै जनताको तागतको बलमा मतपत्रमार्फत हामी सुशासनको घन्टी बजाउँदै विकास, कूटनीति र अर्थ राजनीतिको सानदार युगारम्भ गर्न चाहन्छौँ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।