आजको राशिफल
काठमाडौं । २०८२ माघ २१ गते (४ फेब्रुअरी २०२६) बुधवार, फाल्गुण कृष्णपक्ष तृतीया तिथि। पूर्वफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह।
मेषः
आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । शैक्षिक एवं राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने र रमाउने दिन छ । पर्यटनको क्षेत्रबाट पनि लाभ लिन सकिनेछ ।
वृषः
सानो कमजोरीले बाधा पुर्याउनेछ । घरपरिवारमा झै झमेलाको स्थिती देखिन्छ । खर्च बढ्ने तर कार्यमा रोकावट आउने खालको समय छ । पछि लाभ हुने काम प्रारम्भ हुनेछ । लगनशीलताले परिस्थितिलाई बदल्न सकिनेछ ।
मिथुनः
आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ । व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुनेछ । पढाइलेखाइमा सफलता मिल्नेछ । कृषि कार्यबाट पनि सन्तोष मिल्नेछ । आर्थिक प्रलोभन देखाउनेहरूबाट भने सजग रहनुहोला ।
कर्कटः
कला र गलाको प्रभाव बढ्नेछ । आफन्तजनबाट भरपूर साथसहयोग मिल्नेछ । धन, वस्त्र, अलङ्काकार प्राप्तिको योग छ । रमाइलो यात्रा, जमघट एवं खानपानको आनन्द प्राप्त हुनेछ ।
सिंहः
पद प्रतिष्ठा र आर्थिक पक्ष राम्रोहुने दिन छ । शिक्षा र न्यायिक कार्यमा विशेष सफलता मिल्नेछ । दाजुभाई एवं कुलकुटुम्बहरुसँगको सम्बन्ध पनि सुमधुर रहनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ ।
कन्याः
स्वास्थ्य प्रति सजग रहनुहोला । नयाँ प्रेमप्रसङ्गमा नपरेकै राम्रो हुनेछ । अनावश्यक धन हानीको समय छ । आफन्तको एवं परिवारजनबाट विशेष लाभ हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ ।
तुलाः
काममा सोचेजस्तै सफलता मिल्नेछ । साथीभाई आफन्तको साथसहयोग मिल्नेछ । पर्यटन क्षेत्र फस्टाउने छ । भौतिक साधन जुटाउने समय देखिन्छ । ब्यापार, ब्यावसायबाट प्रशस्त धन–सम्पत्ती प्राप्त हुनेछन् ।
बृश्चिकः
कार्य सिद्धिको योग छ । कर्मचारीको जागिरमा बढोत्तरी तथा पदोन्नतीको समय छ । घरपरिवारसँग मिठो समय व्यतीत हुनेछ ।
सरकारी कामकाजमा पनि विशिष्ट अधिकारीहरूको सहयोग पाइने समय छ ।
धनुः
आज भाग्यमा वृद्धि हुनेछ । पारिवारिक तथा सन्तानमा सुख मिल्ने योग छ । व्यापार व्यावसाय फस्टाउने छ । सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ । छोटो दूरीको यात्राको पनि सम्भावना देखिन्छ ।
मकरः
आँटे–ताके अनुसार काम नबन्नाले दिक्क लाग्नेछ । चोटपटकको भय छ । अवसर र चुनौती एकसाथ देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला । सेवामूलक कामबाट भने धनलाभ हुनेछ ।
कुम्भः
मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुनेछ । परिवारिक सहयोग मिल्नेछ । शारीरिक सुख प्राप्तले मन आनन्दित बनाउने छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि मधुरता छाउने योग छ ।
मीनः
आकस्मिक धनप्राप्तिको योग छ । भगवान प्रति भक्तिभाव बढनेछ । प्रतिस्पर्धी परास्त होलान् । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । भूमि, वाहन र पैतिृक सम्पत्तिबाट लाभ मिल्ने देखिन्छ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

Comment