काठमाडौं । सेयरबजारमा आज ८ अर्ब ६३ करोडको कारोबार भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सूचक नेप्से भने १२.५८ अंकले घटेर २६८३.१५ विन्दुमा झरेको छ।
यस दिन ६६ वटा सेयरको मूल्य बढे पनि १९० वटाको घटेको र तीनवटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।
मंगलबार कालिञ्चोक दर्शन लिमिटेडको सेयर १० प्रतिशतले बढ्दा लगानीकर्ताले प्रतिकित्ता ८१ रुपैयाँ आम्दानी गरे। यसबाहेक एचएलआई लार्ज क्याप फन्डका लगानीकर्ताले पनि ९.९५ प्रतिशत कमाएका छन्र बाँकी सेयरहरु अधिकतम ५.७९ प्रतिशतसम्म बढेका छन्।
घटेकामा सान्भी इनर्जी, प्योर इनर्जी, शिवश्री हाइड्रो, हिमालयन ऊर्जा विकास कम्पनीलगायत छन्। यी सेयरहरु अधिकतम ४.६३ प्रतिशतसम्मले ओरालो लागेका छन्।
कारोबारमा आज एसवाई प्यानल अगाडि रह्यो। कम्पनीको ५९ करोडको कारोबार हुँदा आखुखोला जलविद्युत्को ४१ करोड, युनियन हाइड्रो ३२ करोड, पिपुल्स पावर २५ करोड र बन्दीपुर केवलकार २४ करोडको कारोबार भयो।
आज सामूहिक लगानी कोष, उत्पादन तथा प्रशोधन, होटल र पर्यटन क्षेत्र बढे पनि बाँकी सबै राताम्य रहेको नेप्सेले जनाएको छ।

Comment