आज मिति २०८२ साल माघ २० गते मंगलवार, यस्तो छ तपाईको राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको राशिफल

काठमाडौं । २०८२ माघ २० गते (३ फेब्रुअरी २०२६) मंगलवार, फाल्गुण कृष्णपक्ष द्वितीया तिथि। मघा नक्षत्र। चन्द्रराशि सिंह।

मेषः

कला, साहित्य तथा संगितमा रुचि बढ्नेछ । स्वास्थ्य लाभ हुनेछ । उद्योग, व्यापार–व्यावसायमा राम्रो पक्ष हुन आउने छ । आफ्ना सहपाठीहरूलाई उछिन्दै पुरस्कार एवं प्रशंसा आदि प्राप्त गर्न सकिनेछ ।

वृषः

नयां योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ने देखिन्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । अवसरले पछ्याए पनि मौकाको फाइदा उठाउन निकै मिहिनेत गर्नुपर्ला ।

मिथुनः

लगनशिलताले कामहरु अगाडि बढ्नेछन । पार्टनरसिप काममा सफलता मिल्नेछ । धन वस्त्र अलंकार प्राप्तीको योग रहेको छ । अरुको मन जित्न सकिनेछ ।

कर्कटः

उत्तम भोजनमा रमाउन दिन छ । धन, वस्त्र अलंकारको वृद्धि हुनेछ । शैक्षिक क्षेत्र सफल देखिन्छ । कुटम्ब तथा आफन्तजनको सुख सहयोग पाइनेछ । मनमा उत्साह बढेर आउने जानेछ ।

सिंहः

स्वास्थ्य लाभ हुनेछ । रमाइलो जमघटका बिच स्वादिष्ट भोजनको अवसर जुट्ने छ । विद्या बुद्धिको विकास हुनेछ । अभिष्ट कार्य सिद्धि हुने समय छ । अनुहारमा कान्ती, मनमा शान्ती छाउने छ ।

कन्याः

आज खर्चमा वृद्धि हुने दिन रहेको छ । धनमाल चोरी हुने भय छ । व्यापार व्यावसाय सोचे अनुसार कम देखिन्छ । खुसी मनले काम गर्ने प्रयत्न गरिनेछ । सकेसम्म समयानुकूल रहने प्रयास गर्नु राम्रो पक्ष हुन आउने छ ।

तुलाः

धन सम्पत्तीमा वृद्धि हुनेछ । गरिएका कार्यमा सफल भइनेछ । व्यापार व्यावसाय वृद्धि हुनेछ । शुभ कार्यको चर्चा चल्नाले मनमा शान्ति छाउनेछ । अतिथिको रूपमा सत्कार पनि पाइनेछ ।

वृश्चिकः

आज मानसम्मानमा वृद्धि हुनेछ । मित्र तथा आफन्तको साथसहयोग मिल्नेछ । आर्थिक पक्ष सदृढ हुंंदै जानेछ । अनुहारमा कान्ती, मनमा शान्ती छाउने छ ।

धनुः

आजको दिनमा रमाइलो यात्राको योग रहेको छ । पेसा–व्यवसायमा मनग्य लाभ हुनेछ । धार्मिक तथा सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ ।

मकरः

काममा केहि चुनौति देखा पर्नसक्नेछ । व्यापारव्यावसायमा ठूलो लगानि गर्ने समय देखिंदैन । आफ्नै कमजोरीले इष्टमित्रहरु टाढिन सक्नेछन् । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ ।

कुम्भः

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्न सक्छन् । विपरित वर्गप्रति आकर्षण बढ्नेछ । चलअचल सम्पत्ती हात पर्ने योग रहेको छ । भौतिक साधन जुट्नाले पेशा–व्यवसायमा उत्साहजनक परिवर्तन आउनेछ ।

मीनः

प्रतिष्पर्धीहरुलाई किनारा लगाउन सकिनेछ । धन सम्पत्तीको लाभ हुनेछ । शुभचिन्तकहरुको साथसहयोग जुट्न सक्नेछ । उद्योग व्यापार व्यावसाय फस्टाउला । उठ्नुपर्ने रकम हातलागी हुनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।