काठमाडौँ । हुन्डाई नेपालले क्रेटा ईभीका सबै ग्राहकलाई नजिकको आधिकारिक सेवा केन्द्रमा गई सफ्टवेयर अपडेट गराउन अनुरोध गरेको छ। यसअन्तर्गत ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस) को अप्टिमाइजेसन गरिएको छ, जुन नेपाली सडक अवस्था र ड्राइभिङ व्यवहारलाई ध्यानमा राखी क्यालिब्रेट गरिएको कम्पनीले जनाएको छ।
यस अपडेटपछि क्रेटा ईभीको ड्राइभिङ रेञ्ज हालको तुलनामा करिब १५ देखि २५ किलोमिटरसम्म बढ्ने अपेक्षा गरिएको छ। नयाँ अपडेटले दैनिक आवागमन तथा लामो यात्राका क्रममा प्रयोगकर्तालाई थप सुविधा, सहजता र विश्वास प्रदान गर्ने हुन्डाई नेपालको दाबी छ।
उक्त सफ्टवेयर अपडेट हुन्डाई नेपालको देशव्यापी आधिकारिक सेवा सञ्जालमार्फत कार्यान्वयन गरिएको छ, जसबाट सबै क्रेटा ईभी ग्राहकहरूले सहज रूपमा सेवा लिन सक्नेछन्।
हुन्डाई नेपाल आफ्ना सवारी साधनहरूमा निरन्तर प्रविधिगत सुधार गर्दै ग्राहकलाई उत्कृष्ट सेवा र दीर्घकालीन सन्तुष्टि प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ। विश्वसनीय ब्रान्डका रूपमा स्थापित हुन्डाई नेपाल भरपर्दो आफ्टर–सेल्स सेवा सञ्जाल, ६३ भन्दा बढी ‘रिल्याक्स रिचार्ज’ नेटवर्क तथा लक्ष्मी मोटर कर्पोरेसनद्वारा सञ्चालित नेपालकै एक मात्र चारपांग्रे सवारी साधन एसेम्ब्ली प्लान्टमार्फत सशक्त बनेको छ।
यी सबै पक्षले हुन्डाई नेपालको गुणस्तरीय सवारी अनुभव र दीर्घकालीन ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाउँदै आएको कम्पनीको भनाइ छ।

Comment