काठमाडौं । स्नो रिभर्स लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशनको अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्डले आइतबार स्नो रिभर्सलाई आईपीओ निष्कासन अनुमति प्रदान गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १८ लाख ७५ हजार कित्ता आईपीओ निष्कासनका लागि बोर्डसँग अनुमति माग गरेको थियो । जसलाई बोर्डले स्वीकृति दिएको हो ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

Comment