काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ एकैदिन करिब १८ हजार ८०० रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १ हजार ५६५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ३ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आइतबार चाँदी प्रतितोला ५ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ७ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ८९३.२ अमेरिकी डलर र चाँदी ८५.३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Comment