रेकर्ड स्तरबाट ओरालो लाग्यो सुन : २० हजार ५०० ले घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्थानीय बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदी दुवैको मूल्यमा कमी आएको हो।

हिजो (बिहीबार) प्रति तोला सुन तीन लाख ३९ हजार ३०० रुपैयाँ रहेकोमा आज (शुक्रबार) तीन लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ। यसरी सुनको मूल्य एकै दिन २० हजार ५०० रुपैयाँ घटेको छ।

यसैगरी, हिजो प्रति तोला चाँदी सात हजार ५०५ रुपैयाँ रहेकोमा आज सात हजार ६५ रुपैयाँ झरेको छ। चाँदीको मूल्य ४४० रुपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५३७ र त्यति नै परिमाणको चाँदी ११७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।