काठमाडौं । भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने टी–२० पुरुष विश्वकप आउन अब केही दिन मात्र बाँकी छ। १०औँ संस्करणको विश्वकपमा यस पटक पनि कूल २० टोलीले सहभागिता जनाउँदै छन्।
फ्रेबअरी ७ देखि सुरु हुने विश्वकपको फाइनल खेल मार्च ८ मा हुनेछ। एक महिना चल्ने सो विश्वकपमा कूल ५४ खेलहरू हुनेछन्। विश्वकपमा २० टोलीलाई ४ समूहमा विभाजन गरिएको छ, जहाँ हरेक समूहमा कूल ५ टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन्। समूह “ए” मा भारत, पाकिस्तान, नामिबिया, नेदरल्यान्ड्स र अमेरिका रहेका छन्। समूह “बी” मा अष्ट्रेलिया, आयरल्यान्ड, ओमान, श्रीलंका र जिम्बाबे रहेका छन्।
त्यसै गरी समूह “सी” मा नेपाल, इंग्ल्यान्ड, इटाली, वेस्ट इन्डिज र स्कटल्यान्ड रहँदा समूह “डी” मा अफगानिस्तान, क्यानडा, न्यूजिल्यान्ड, दक्षिण अफ्रिका र युएई रहेका छन्। समूह चरणको खेलमा हरेक टोलीको शीर्ष दुईमा रहने टोलीले सुपर ८ मा स्थान बनाउने छ। समूह चरणका खेलहरू फ्रेबअरी ७ देखि २० गतेसम्म हुनेछ।
त्यसपछि सुपर ८ मा खेलहरू फ्रेबअरी २१ देखि मार्च १सम्म हुनेछ। सेमिफाइनलका खेलहरू मार्च ४ र ५ गते हुनेछ। विश्वकपको फाइनल मार्च ८ मा हुनेछ। विश्वकपका खेलहरू भारतको ५ क्रिकेट रगंशाललमा हुनेछ भने श्रीलंकाको तीन वटा रगंशलमा खेलहरू हुनेछन्। भारतको अरुण जेटली स्टेडियम नयाँ दिल्ली इडेन गार्डेन कोलकाता एमए चिदम्बरम स्टेडियम चेन्नई नरेन्द्र मोदी स्टेडियम, (अहमदाबाद) र वानखेडे स्टेडियम (मुम्बई)मा खेल हुनेछन्।
त्यस्तै, श्रीलंकामा भने आर प्रेमादासा रङ्गशाला ९कोलम्बो०पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला (क्यान्डी)सिंहली स्पोर्ट्स क्लब (एसएससी)कोलम्बोमा हुनेछ। सन् २००७ बाट सुरु भएको टी–२० पुरुष विश्वकपमा भारत, इंग्ल्यान्ड र वेस्ट इन्डिजले समान २– २ पटक उपाधि जितेका छन्। त्यस्तै, पाकिस्तान, श्रीलंका र अष्ट्रेलियाले समान १ –१ पटक टी २० पुरुष विश्वकपको उपाधि चुमेका छन्।

Comment