रिलिजको पूर्वसन्ध्यामा ‘द ब्लु लाइट’को नयाँ गीत सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिल्म ‘द ब्लू लाइट’ले प्रदर्शनको पूर्वसन्ध्यामा नयाँ गीत सार्वजनिक ल्याएको छ। निर्माण पक्षले फिल्ममा समावेश ‘दुई अक्षरको माया’ बोलको गीत सार्वजनिक गरेको हो।

गीतमा प्रवेश राईको स्वर, डीपी खनालको शब्द र एसडी योगीको संगीत रहेको छ। दुई अक्षरको शब्द ‘माया’लाई बुझ्न कति कठिन छ भन्ने गीतमा उल्लेख छ। प्रेम र विश्वास तथा त्यसमा हुने घातलाई सुन्न सकिन्छ।

गीतको भिडिओमा फिल्मका मुख्य कलाकार अपर्ण थापा र बेनिशा हमालको अभिनय छ। उनीहरूबीचको प्रेम र सम्बन्धलाई गीतले देखाउने प्रयास गरेको छ ।

शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्रको अग्रिम–बुकिङ खुला भइसकेको छ। देशभरका प्रमुख मल्टिप्लेक्सहरूमा एडभान्स् बुकिङ खुल्ला गरिएको चलचित्रको सन्तोषजनक शो पाएको छ ।

‘द ब्लू लाइट’ देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका काठमाडौं उपत्यकाका हलमा १३ शो पाएको छ भने मोफसलमा १२ शो पाएको छ ।

यसैगरि, आईएनआईका ५ वटा आउटलेटमा ८ शो, बिग मुभिजले ३ शो र एफक्युब सिनेमाले ३ शो दिएका छन्। केही हलहरुमा शो खुल्न बाँकी र अग्रीम टिकट बुकिङ खुल्ला हुँदै गएको र देशभर करिब १ सय २० शो भन्दा बढी पाउने जानकारी वितरण कम्पनी डिसिएन दिएको छ ।

यस फिल्ममा बेनिशा र अर्पणसँगै श्रृष्टि श्रेष्ठ, आयुशमान देशराज जोशी, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन् । बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।

बलिराम चौहान निर्देशित यस फिल्मको को–प्रोडुसरको रुपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन्। कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन् ।

नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रमा आकाश उखेडा मख्य सहायक निर्देशक छन् । रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक हुन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।