ग्लोबल आइएमई बैंकको नाफामा वृद्धि, प्रतिशेयर आम्दानी कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको खुद नाफा ६.५० प्रतिशतले बढेको छ ।

बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ६ महिनासम्ममा बैंकले ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.५० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.३३ प्रतिशतले घटेर ८ अर्ब २ करोड २३ लाख रुपैयाँमा सीमित भएको छ खुद ब्याज आम्दानी सामान्य घटेपनि सञ्चालन मुनाफा बढेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।
यता, बैंकको खुद फि तथा कमिशन आम्दानी ९.७४ प्रतिशतले बढेर १ अर्ब ७५ करोड ६२ शलाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ४.६९ प्रतिशतले बढेर १० अर्ब ८७ करोड ९ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १.७२ प्रतिशतले बढेर ४ अर्ब २७ करोड ६३ लाख रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा भने घटेर २ अर्ब ४२ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ। बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ७३ पैसा रहेको छ।

बैंकले पुस मसान्तसम्ममा ६ खर्ब ५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४ पैसा बढेर १७ रुपैयाँ ६ पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ २९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.२४ गुणा रहेको छ।

चुक्ता पूँजी ३८ अर्ब ११ करोड रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा २८ अर्ब ६९ करोड रुपैयाँ सञ्चित छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।