माघ २१ देखि नेपथ्य यात्रा: पहिलो चरणमा हेटौँडा, बुटवल, नारायणघाट र बन्दीपुरमा दर्शक झुमाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लोक–रक ब्यान्ड नेपथ्यले फेब्रुअरीमा चार सहरमा कन्सर्ट गर्दै स्वदेश यात्रा सुरु गर्ने भएको छ। पहिलो चरण अन्तर्गत ब्यान्डले फेब्रुअरी ४ (माघ २१) देखि हेटौँडा, बुटवल, नारायणघाट र बन्दीपुरमा प्रस्तुति दिने जनाएको छ।

यात्राको सुरुआत माघ २१ गते हेटौँडाको भुटनदेवी माध्यमिक विद्यालय प्रांगणबाट हुनेछ। त्यसपछि माघ २४ गते बुटवलको बुटवल इन्टरनेसनल कन्भेन्सन सेन्टर, माघ २७ गते नारायणघाटको क्याम्पा चौर र फेब्रुअरी १४ (भ्यालेन्टाइन्स डे) मा पहिलोपटक बन्दीपुरको टुँडिखेलमा नेपथ्य गुञ्जिनेछ।

ब्यान्डका अगुवा अमृत गुरुङले पुराना सहरका दर्शकसँग पुनः भेट्न र सुन्दर पहाडी नगरी बन्दीपुरमा पहिलो प्रस्तुति दिन उत्साहित रहेको बताए। कन्सर्टका लागि बुटवल, नारायणघाट र बन्दीपुरका ‘अर्लि बर्ड’ टिकट सकिइसकेका छन्। पहिलो चरणपछि नेपथ्यको दोस्रो चरणको स्वदेश यात्रा नोभेम्बरमा आयोजना गरिनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।