माछापुच्छ्रे बैंकको खुद नाफा १ अर्ब १ करोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेड १ अर्ब १ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.२५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८० करोड ७३ रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेको र गैर सञ्चालन खर्च घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी ४.१६ प्रतिशतले बढेर २ अर्ब ९४ करोड १० लाख रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिशन आम्दानी २२.१२ प्रतिशतले बढेर ८२ करोड ७ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ८.८४ प्रतिशत बढेर ४ अर्ब २ करोड ६९ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १०.२२ प्रतिशत घटेर १ अर्ब ४५ करोड ६८ लाख रुपैयाँमा खुम्चिएको छ ।

बैंकको इम्पेरमेन्ट चार्ज बढेर ५७ करोड ४२ लाख रुपैयाँ पुगेको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ६३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ७ रुपैयाँ २२ पैसा रहेको छ।.
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ८४ पैसा बढेर १६ रुपैयाँ ७३ पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ६० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.६१ गुणा रहेको छ।

बैंकले पुस मसान्तसम्ममा २ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। चुक्ता पूँजी १२ अर्ब ८ करोड रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब ९८ करोड रुपैयाँ सञ्चित छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।