काठमाडौं । सुपर हेवा पावर कम्पनी लिमिटेडले सार्वजनिक शेयर निष्काशनको लागि प्रत्याभूति सम्झौता गरेको छ। कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको हो ।
सम्झौता पत्रमा कम्पनीको तर्फबाट अध्यक्ष हर्क बहादुर तामाङ तथा मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार कम्पनीले सर्वसाधारणमा शेयर निष्काशन गर्न लागिएको रकम रु.१९,२५,००,०००÷– बराबरले हुन आउने १९,२५,००० कित्ता साधारण शेयरको प्रत्याभूति व्यवस्थापन कार्य मुक्तिनाथ क्यापिटलले गर्ने छ।
कम्पनीले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नं. ४ क्षेत्रमा अवस्थित हेवा खोलाको पानी उपयोग गरि ६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

Comment