काठमाडौँ । नेपालका वाणिज्य बैंकहरुले कृषि तथा वन क्षेत्रमा कर्जा प्रवाह बढाउँदै लगेका छन् ।
राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२÷८३ को मंसिर मसान्त सम्मको स्टेटमेन्ट अफ क्रेडिट रिपार्ट अनुसार वाणिज्य बैंकहरुले करिब ३ खर्ब रुपैयाँ ऋण प्रवाह गरेका छन् । तथ्यांक अनुसार २ खर्ब ८८ अर्ब ७ करोड ५४ लाख रुपैयाँ ऋण प्रवाह गरेका छन् ।
जसमध्ये कृषि विकास बैंकले कृषि तथा वन क्षेत्रमा सबैभन्दा बढी ५० अर्ब १८ करोड ४३ लाख रुपैयाँ ऋण प्रदान गरेको छ । उक्त शीर्षकमा सबैभन्दा बढी ऋण प्रदान गर्ने बैंकको दोस्रो स्थानमा ग्लोबल आईएमई बैंक रहेको छ । उक्त बैंकको यो शीर्षकको कर्जा लगानी २२ अर्ब ८ करोड ६४ लाख रुपैयाँ रहेको छ । एनआईसी एसिया बैंक रहेको छ । बैंकले २१ अर्ब ४६ करोड रुपैयाँ ऋण प्रदान गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंकले २० अर्ब ८० करोड ६७ लाख रुपैयाँ ऋण प्रदान गरेको छ । नेपाल बैंकले उक्त शीर्षकमा ६ अर्ब ६३ करोड ६० लाख रुपैयाँ ऋण प्रवाह गरेको छ । नबिल बैंकले कृषि तथा वन क्षेत्र शीर्षकमा १९ अर्ब २२ करोड ४४ लाख रुपैयाँ ऋण प्रदान गरेको छ । नेपाल इन्भेष्टमेन्ट मेघा बैंक (एनआईएमबी) बैंकले उक्त शीर्षकमा १७ अर्ब ८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
यस्तै हिमालयन बैंकले कृषि तथा वन क्षेत्रमा १३ अर्ब ५३ करोड ३३ लाख रुपैयाँ कर्जा लगानी गर्दा नेपाल एसबीआई बैंकले ७ अर्ब ५५ करोड २९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । एभरेष्ट बैंकको कृषि तथा वन क्षेत्रको कर्जा लगानी १० अर्ब ३२ करोड १४ लाख रुपैयाँ रहेको छ । माछापुञ्छ«े बैंंकले सो शीर्षकमा गरेको कर्जा लगानी ५ अर्ब ३ करोड ५२ लाख रुपैयाँ रहेको छ ।
यसैगरि कुमारी बैंकको कृषि तथा वन क्षेत्रको कर्जा लगानी ११ अर्ब ४१ करोड ७७ लाख रुपैयाँ रहेको छ । लक्ष्मी सनराइज बैंकको कृषि क्षेत्रको कर्जा लगानी १४ अर्ब ४० करोड १३ लाख रुपैयाँ रहेको छ भने सिद्धार्थ बैंकको उक्त शीर्षकको कर्जा लगानी १४ अर्ब ५८ करोड ५४ लाख रुपैयाँ र सिटिजन्स बैंकको कृषि र वन शीर्षकको कर्जा लगानी १३ अर्ब १० करोड ३० लाख रुपैयाँ रहेको छ ।
राष्ट्र बैंकका अनुसार प्राइम बैंकको कृषि तथा वन क्षेत्रको कर्जा लगानी १६ अर्ब १ करोड २६ लाख रुपैयाँ रहँदा एनएमबी बैंकको उक्त शीर्षकको कर्जा लगानी १४ अर्ब ७८ करोड २१ लाख रुपैयाँ रहेको छ ।
प्रभु बैंकले कृषि तथा वन शीर्षकमा गरेको कर्जा लगानी ११ अर्ब ४४ करोड ४१ लाख रुपैयाँ रहँदा सानिमा बैंकको सो शीर्षकमा गरेको कर्जा लगानी ७ अर्ब ९० करोड ३३ लाख रुपैयाँ रहेको छ ।

Comment