नेमकिपाले १२० निर्वाचन क्षेत्रमा दियो उम्मेदवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले ५९ जिल्लाका १२० निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ।

पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईका अनुसार नेमकिपाले ६७ पुरुष र ५३ महिलालाई उम्मेदवार बनाएको हो।

नेमकिपाले बागमती प्रदेशका १३ जिल्लामध्ये रसुवाबाहेक १२ जिल्लामा उम्मेदवारी दिएको छ। ती १२ जिल्लाका ३२ निर्वाचन क्षेत्रमा २० महिला र १२ पुरुष उम्मेदवार रहेका छन्। पार्टीले केन्द्रीय सचिव प्रेम सुवाललाई भक्तपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएको छ।

कर्णाली प्रदेशका सात जिल्लाका नौ निर्वाचन क्षेत्रमा एक महिलासहित नौ जनालाई उम्मेदवार बनाइएको गोसाईले जानकारी दिए। कर्णालीमा कालिकोटबाट नन्दबहादुर शाही, जुम्लाबाट बिर्खबहादुर राउत, दैलेखबाट बखतबहादुर थापा तथा सुर्खेतबाट तुलसी खड्कालाई उम्मेदवार बनाइएको छ।

त्यसैगरी, कोसी प्रदेशका १२ जिल्लामा आठ महिला र १३ पुरुष, मधेश प्रदेशका आठ जिल्लामा छ महिला र १६ पुरुष उम्मेदवार नेमकिपाले उठाएको छ।

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सात जिल्लामा उम्मेदवारी दिएको नेमकिपाले आठ महिला र छ पुरुषलाई उम्मेदवार बनाएको जनाएको छ।

गण्डकी प्रदेशमा ११ जिल्लामध्ये पाँच जिल्लामा छ महिला र दुई पुरुष तथा सुदूरपश्चिम प्रदेशमा बाजुराबाहेक आठ जिल्लामा पाँच महिला र नौ पुरुषलाई उम्मेदवार बनाइएको पार्टीले जानकारी दिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।