महेश बस्नेतले भक्तपुर–२ बाट मनोनयन दर्ता गराए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

बस्नेतले मंगलबार दिउँसो सम्बन्धित निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्। उनी यसअघि २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेदवार रहेका थिए। उक्त निर्वाचनमा उनी नेपाली कांग्रेसका दुर्लभ थापासँग पराजित भएका थिए।

यसअघि २०७० र २०७४ सालको निर्वाचनमा भने बस्नेत भक्तपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

यसैबीच, नेपाली कांग्रेसले सो निर्वाचन क्षेत्रबाट कविर राणालाई उम्मेदवार बनाएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार देशभर उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।