नुवाकोटका दुवै क्षेत्रमा कांग्रेस उम्मेदवारको मनोनयन दर्ता सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नुवाकोटका दुवै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन्।

नुवाकोट निर्वाचन क्षेत्र नं. १ बाट कांग्रेसका नेता डा. प्रकाशशरण महत र क्षेत्र नं. २ बाट जगदीश्वरनरसिंह केसीले मंगलबार सम्बन्धित निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्।

क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गराएका महत नुवाकोटमा पहिलोपटक प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका हुन्। यस्तै, क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गराएका केसीले पनि संघीय निर्वाचनमा पहिलोपटक उम्मेदवारी दर्ता गर्दै चुनावी मैदानमा उत्रिएका छन्।

यसैबीच, नुवाकोट–१ बाट नेकपा एमालेका बद्री मैनाली र नुवाकोट–२ बाट केशवराज पाण्डेले पनि उम्मेदवारी दर्ता गराएका छन्। अन्य विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले समेत सम्बन्धित निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका छन्।

उम्मेदवारी दर्तासँगै नुवाकोटका दुवै निर्वाचन क्षेत्रमा चुनावी सरगर्मी बढ्दै गएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।