युवा व्यवसायी बसन्त भट्टलाई रसुवाबाट रास्वपाको टिकट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रसुवा जिल्लाबाट युवा व्यवसायी बसन्त भट्टलाई उम्मेदवार बनाएको छ।

फेन्सी तथा रेष्टुरेन्ट व्यवसायमा लामो समयदेखि सक्रिय रहेका भट्ट रसुवाकै स्थायी बासिन्दा हुन्। स्थानीयस्तरमा रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन र सेवा क्षेत्रमा सुधारका विषयमा उनी परिचित मानिन्छन्।

रास्वपाले विकास र सुशासनलाई प्राथमिक एजेन्डा बनाउँदै संसदमा नयाँ सोच, प्राविधिक दक्षता र निजी क्षेत्रको अनुभव भित्र्याउने उद्देश्यका साथ भट्टलाई उम्मेदवार बनाएको जनाएको छ। पार्टीका अनुसार रसुवाको पर्यटन, व्यापार र पूर्वाधार विकासमा दीर्घकालीन योजनासहित प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने क्षमता भएकाले भट्टलाई अघि सारिएको हो।

उम्मेदवारी घोषणापछि भट्टले रसुवाको समग्र विकासका लागि पारदर्शी र परिणाममुखी राजनीतिमा आफू प्रतिबद्ध रहने बताएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।