व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् ।

निर्वाचन आयोगमाथि गम्भीर आरोप लगाउने, सरकारी वेबसाइट ह्याक गरी डाटा चोरी गर्ने योजना बनाएको र त्यसका लागि रकम लगानी गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो।

कांग्रेसको विशेष महाधिवेशन पक्षले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ बुझाएर नतिजा आफ्नो पक्षमा पारेको भन्दै सार्वजनिक अभिव्यक्ति दिएका प्रसाईंले उक्त विषयको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

यससँगै, सरकारी वेबसाइट ह्याक गरी डाटा चोरी गर्ने योजनासम्बन्धी अडियो सार्वजनिक भएपछि निर्वाचन आयोगले अनुसन्धानका लागि पत्राचार गरेको थियो।

सोही पत्रका आधारमा सोमबार कार्यक्रमका लागि पोखरा पुगेका प्रसाईंलाई कास्की प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंमा उपस्थित गराउन पत्र प्राप्त भएपछि उनलाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ।

पछिल्लो समय नागरिक बचाउ अभियान र राजावादी आन्दोलनमा सक्रिय रहेका प्रसाईं यसअघि पनि विभिन्न घटनामा पक्राउ परिसकेका छन्। पटक–पटक विवादास्पद अभिव्यक्ति र गतिविधिका कारण चर्चामा आएका प्रसाईंलाई काठमाडौं पठाउने तयारी भइरहेको कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।