प्रतिनिधिसभा चुनाव: नुवाकोटका दुई क्षेत्रमा नेकपाबाट तामाङ र खतिवडा मैदानमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विदुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले नुवाकोट जिल्लामा आफ्ना उम्मेदवार टुंगो लगाएको छ। पार्टीले नुवाकोट क्षेत्र नं. १ बाट हितबहादुर तामाङ र क्षेत्र नं. २ बाट हिरानाथ खतिवडालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

नुवाकोट–१ का उम्मेदवार हितबहादुर तामाङ २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवार बनेर विजयी भएका नेता हुन्। उक्त निर्वाचनमा तत्कालीन नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच गठबन्धन रहेको थियो।

यसैगरी, नुवाकोट–२ का उम्मेदवार हिरानाथ खतिवडा २०७९ सालको प्रदेशसभा निर्वाचनमा निर्वाचित भई प्रदेशसभा सदस्य बनेका थिए। हालको निर्वाचनमा भने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एकीकृत भएर बनेको नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट उनी उम्मेदवार बनेका हुन्।

पार्टी स्रोतका अनुसार नुवाकोट–१ मा यसअघि राजेन्द्र लोहनीलाई उम्मेदवारका रूपमा सिफारिस गरिएको भए पनि अन्ततः पार्टी निर्णयबाट हिरानाथ खतिवडाले टिकट पाएका हुन्। उम्मेदवार चयन प्रक्रियामा पूर्व एकीकृत समाजवादीले नुवाकोट जिल्लामा कुनै पनि सिट पाउन सकेन।

नेपाली कम्युनिस्ट पार्टीले संगठनात्मक एकता र विगतको जनमतलाई आधार बनाएर नुवाकोटका दुवै क्षेत्रमा जित सुनिश्चित गर्ने दाबी गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।