ब्रेक फेल भएर धरानमा बस दुर्घटना, चार जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी । धरानको जिरो पोवाइन्टमा भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।

भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको यात्रुबाहक बस आज अपरान्ह ५ बजेतिर धरानको जिरो पोइन्टमा दुर्घटना भएर नजिकै रहेको मेडिकल पसलमा ठोक्किन पुग्दा चार जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्काका अनुसार मृतक कसैको पनि पहिचान हुन सकेको छैन । घाइते १७ जना भएकोमा एक जनाको मात्र नाम खुलेको छ । बस ब्रेक फेल भई अनियन्त्रित भएर स्कुटीलाई समेत ठक्कर दिएर मेडिकल पसलमा ठोकिन पुगेको प्रहरीले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।