निर्वाचन आचारसंहिता राति १२ देखि लागू हुँदै, के गर्न पाइन्छ, के पाइँदैन ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोमबारदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ।

आइतबार बसेको निर्वाचन आयोगको बैठकले सोमबारदेखि आचारसंहिता लागू गर्ने निर्णय गरेको हो। आयोगले यसअघि नै आचारसंहिता पारित गरिसकेको भए पनि लागू हुने मिति घोषणा गर्न बाँकी थियो।

आयोग स्रोतका अनुसार निर्वाचनको स्वच्छता, निष्पक्षता र मर्यादा कायम गर्न सोमबारदेखि आचारसंहिता कार्यान्वयनमा ल्याइनेछ। आचारसंहिता लागू भएसँगै सरकार, राजनीतिक दल, उम्मेदवार तथा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले तोकिएका मापदण्ड र सीमाभित्र रहेर मात्रै गतिविधि गर्नुपर्नेछ।

यसअघि आयोगले राजनीतिक दलहरूलाई बोलाएर आचारसंहिता पालना गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गराइसकेको थियो।

चुनावी कार्यतालिकाअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि माघ ६ गते (मंगलबार) उम्मेदवारी दर्ता हुने आयोगले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।